बालुवाटारमा आगलागी, नियन्त्रणको प्रयास जारी


काठमाडौं, असार १५। काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ। सुनौलो परिवार नेपाल रहेको भवनमा लागेको आगो अहिले दमकलको सहायताले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन नसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ।