प्रधानमन्त्री पत्नी आरजुलाई कोरोना संक्रमित,भारत भ्रमण स्थगित


प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु देउवा राणा कोरोना संक्रमण भएको छ । भारतमा उपचारमा गएकी राणालाई उतैबाट कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

भारतबाट नेपाल फर्के लगत्तै पोखरा, पर्वत र म्याग्दी तर्फ राजनीतिक छलफल तथा बैठकहरुमा राणा सहभागी भएकी थिइन । कोरोना संक्रमित राणा अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बालुवाटार स्रोतले जनाएको छ । राणा चिकित्सको निगरानीमा रहेकाले कुनै खतरा भने देखिएको छैन ।

नेतृ आरजु देउवा राणाको पुनः असार २१ (जुलाई ५) गतेको भारत भ्रमण कार्यक्रम तथ भएपनि कोरोना देखा परेपछि हाललाई स्थगित भएको सचिवालयले जनाएको छ ।