राष्ट्रपति भण्डारीबाट झाडु लगाई जगन्नाथ रथयात्राको उद्घाटन


राष्ट्रपति विद्यादेवी भण्डारीले जगन्नाथ रथयात्राको उद्घाटन गरेकी छन् । सुन्धारामा आयोजित एक समारोहका बीच भण्डारीले रथयात्राको शुभारम्भ गरेकी हुन् । सो क्रममा भण्डारीले झाडुले रथ रहने वरिपरिको स्थान सफाइलाई सांकेतिक रुपमा सफाई समेत गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ स्कोनको आयोजनामा सुन्धाराबाट जगन्नाथ रथ यात्रा सुरु गरिएको हो। जगन्नाथको रथयात्रा विश्वभर एकै दिन मनाइन्छ।रथयात्रा टुँडिखेलमा पुगेर समापन भएको थियो ।

रथयात्रामा स्कोनमा आस्था राख्नेहरुका साथ सर्वसाधारणको सहभागिता रहेको थियो ।