जीवन विकास लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत


नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

लघुवित्तको ४२ लाख ५८ हजार ८ सय कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सो बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीृकत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि शेयरधनीले पाउनेछन् ।