वरिष्ठ लोकगायक प्रेमराजा महत विशेष कार्यक्रम


काठमाडौं, असार १८। वरिष्ठ लोकगायक तथा अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्य दुत प्रेमराजा महत विशेष इन्द्रेणी कार्यक्रम छायाँनकन गरिएको छ । नेपाली अग्रज लोक गायकको सुचीमा सधैं अगाडि आउने नाम हो, प्रेमराजा महत । नेपालमा रहाँदा गाउँ गाउँ पुगेर लोक भाका र शब्द शंकलन गरेर गित गाउने महत यति बेला अमेरिकामा बस्दै आउनु भएको छ ।

२०३६ सालमा रेडियो नेपालमा जागिर खाएका महतले रेडियो नेपाल बाट साँगितिक यात्रा सरु गर्नु भएको थिए । महतकोे पहिलो गिर्त तारा खसेको,कसरी बिर्सने सँगै बसेको, थियो । बिस्तारै महतका सिमसिमे पानीमा ज्यानले बैमान गर्छ कि जिन्दगानीमा,बाँझो खेतमा, पानको पात, पात बजाउने मायालाई, जस्ता दर्जनौ गित बाट चिनिएको नाम हो प्रेमराजा महत । यति बेला महत तिन दसक देखि अमेरिकामा बस्दै आउनु भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्य दुत समेत रहेका महत इन्द्रेणी कार्यक्रमका सल्लाहकार तथा सम्रक्षक समेत रहनु भएको छ ।

अमेरिकामा रहँदा पनि संगित क्षेत्रमा लागि रहन्छन । अमेरिका बाट महतले हरिया डलर बोलको गित गाए जस गितले समसामयिक विषयलाई समावेश गरेको थियो । महत नेपाल आउने जाने क्रम चलिरहेको नै हुन्छ । केहि महिना अघि नेपालमा रहँदा बन्दीपुरैमा, बोलको गित नेपाली साँगितिक बजारमा ल्याउनु भएको थियो । शनिबार इन्द्रेणीको स्टुडियोमा प्रेमराजा महत विशेष कार्यक्रममा प्रेमराजा महत संगै अन्य कलाकार, दर्शकहरुको उपस्थीति रहेको थियो ।