सूचक प्रकाशनबाट समाजसेवी शंकर खड्का सम्मानित


सूचक प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा समाजसेवी शंकर खड्कासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ५ जना सम्मानित भएका छन् । काठमाडौं चन्द्रागिरी १ दहचोक बस्ने समाजसेवी खड्का सहित विभिन क्षेत्रमा कार्यरत व्यक्तित्वहरु सम्मानित भएका हुन । काभ्रेपलान्चोकको बनेपामा विभिन्न क्षेत्रका पाँच व्यक्तिहरूलाई सूचक सम्मान २०७९ बाट सम्मानित गरेको हो ।
सूचक प्रकाशनको १५ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य प्रा।डा। दिनेशराज पन्तले जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार धुर्व मधिकर्मी, शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्री, समाजसेवी शंकर खड्का तथा पत्रकार भगवती तिमिल्सिनालाई सम्मान गर्नुभएको हो ।

लेखन र साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यलाई देश देशान्तरमा पुर्‍याउन अहोरात्र सक्रिय रहँदै आएका जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाललाई सूचक साहित्यसेवा सम्मान, नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थान एवं विस्तार गरी राष्ट्रिय स्वाभिमान जागरण गराउन अहम् भूमिका खेल्दै आएका शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्रीलाई सूचक संस्कृतिसेवा सम्मान प्रदान गरिएको छ । यस्तै नेपाली साहित्यको कथा, लघुकथा र विशेषगरी समालोचना लेखनमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवं साहित्यकार धुर्व मधिकर्मीलाई सूचक साहित्य साधना सम्मान, समाजसेवाको माध्यमबाट सामाजिक विकासमा सक्रिय रहँदै आएका समाजसेवी शंकर खड्कालाई सूचक कृष्ण बहादुर समाजसेवा सम्मान र राष्ट्रिय मूलधारको पत्रिकाबाट तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी पत्रकार भगवती तिमिल्सिनालाई सूचक पत्रकारिता सम्मान समर्पण गरिएको सूचक प्रकाशनले जनाएको छ ।

सूचक प्रकाशनका संरक्षक समाजसेवी कृष्णबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूचक प्रकाशनका विशेष सदस्य साहित्यकार हरिप्रसाद पाण्डेय, चागुनारायण साहित्य समाजका अध्यक्ष एवं साहित्यकार लालबहादुर भुजेल, साहित्यकार नविना श्रेष्ठ
साहित्यकार गंगा प्रसाद भेटवाल लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेकोे थियो । साहित्यकार हरिप्रसाद पाण्डेय र साहित्यकार गंगा प्रसाद भेटवालले सम्मानित व्यक्तिहरूको व्यक्तित्व, सृजना र योगदानको बारेमा बोलेका थिए ।

नेपाली भाषा र साहित्यको विकासमा सूचक प्रकाशनले देखाएको सक्रियता र निरन्तरताप्रति खुशी प्रकट गर्दै कार्यक्रमका प्रमुख अतिथि दिनेशराज पन्तले यस्ता गतिविधिले समाजलाई जिम्मेवार बनाउने धारणा राख्नुभएको थियो । यस्तै उहाँले सम्मानित व्यक्तिहरूको योगदान र कार्यक्षमताको प्रशंसा गर्दै आआफ्नो क्षेत्रमा थप जिम्मेवार र सचेत भएर कार्य गर्न आग्रह गर्नुभयो ।
पछिल्लो समय सूचक प्रकाशनले संयोजन गर्दै आएको सूचक सम्मान १४ वर्षअगाडि निजी क्षेत्रको साहित्यिक पत्रिका सूचकले नेपाली कला,संस्कृति भाषा, साहित्य,समाजसेवा र अध्यात्मको क्षेत्रमा सेवारत प्रतिभाहरूको हौसला बढाउने उद्देश्यले स्थापना गरेको हो । सूचक सम्मानबाट हालसम्म २५० भन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मानित भएको दिपक भेटुवालले जानकारी दिए।