माओवादी केन्द्रीय समिति बैठक स्थगित, प्रचण्ड आन्तरिक छलफलमा


नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका सांगठनिक विषयमा छलफल थालेका छन् । प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरुसँग छलफल थालेका हुन् ।

बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन गर्न सदस्यहरुले दवाव दिएपछि आज ११ बजे बस्ने भनिएको बैठक गरेर प्रचण्डले आन्तरिक छलफल थालेका हुन् ।