रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे, २४ जना घाइते


काठमाडौं, असार २१। रामेछापमा बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गएकाे छ । २४ जना घाइते भएका छन् । रामेछापकाे सुनापथी गाउँपालिकाकाे हिलेदेवीबाट काठमाण्डाैकाे लागि छुटेकाे बा ३ ख ८३९६ नम्बरकाे बस खाँडादेवि गाउँपालिका-१ काे लुभुघाटमा दुर्घटनामा परेकाे हाे ।

ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिनुभयाे ।तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुकाे हेलिकप्टरमार्फत उद्धार गरिएकाे तामाङले बताउनुभयाे । अहिले शव सङ्कलन र उद्धारकाे कार्य भइरहेकाे उहाँले बताउनुभयाे ।