आज पोर्चुगलमा इन्द्रेणी साँगितिक साँझ बिषेश कार्यक्रम हुदैं


आज पोर्चुगलमा इन्द्रेणी साँगितिक साँझ बिषेश कार्यक्रम हुदैं छ । इन्द्रेणी कार्यक्रम संचालक गायक तथा समाज सेवि कृष्ण कंडेल तथा चर्चित गायक कृष्ण रेउले बिषेश इन्द्रेणी सहयोगार्थ साँगितिक साँझ आज पार्चुगलको जम्बुजेइरा दो मार हलमा ५ बजे बाट कार्यक्रम सुरु हुदैं छ ।

इन्द्रेणी साँगितिक साँझ म्याग्दी प्रवासी संघ,क्षेत्रीय समिती, पोर्चुगल र गैर आवाशीय नेपाली संघ,क्षेत्रीय समन्वय समिति अलेंतेजु, पोर्चुगलको आयोजनामा हुन लागेको हो । साँगितिक साँझ कार्यक्रममा इन्द्रेणी कार्यक्रम संचालक गायक तथा समाज सेवी कृष्ण कंडेल चर्चित दोहोरी गायक कृष्ण रेउले, जे।वि वली, कला पंगेनी, फर्णिद्र ठकुरी, शिव अखेली, दुर्गा के सी, अमृत कुमार, जित बहादुर थापा, सलिना लामा, कृष्ण छिनाल, केश गुरुङ लगायत अन्य कलाकारहरुको प्रस्तुति रहने छ ।