डा बाबुरामलाई भेट्न मेयर बालेन निवासमा पुगे, सहर व्यवस्थित पार्ने बारेमा छलफल केन्द्रित


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले पुर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराईसँग भेट गरेका छन् । भट्टराई निवासमा पुगेका बालेनले काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

छलफलमा महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने मेयर बालेनले बताएका थिए । उनले काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना सुनाएका थिए ।

काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए । भट्टराई काठमाडौं देशकै राजधानीमा युवा पुस्ताले गरेको विद्रोह सकारात्मक भएको भन्दै राजनीतिमा पढेलेखेका युवाहरु आउँदा खुशी लागेको प्रतिक्रिया दिएका थिए ।

भेटघाटपछि भट्टराईले सामाजिक सञ्जाल टुईटरमा लेखेका छन् ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श, सफलताको हार्दिक शुभकामना ।’

बाबुरामसँगै उनीकी पत्नी हिसिला यमी, छोरी मानुसी यमी भट्टराई पनि छलफलमा थिए ।