गोली लागेका जापानका पूर्वप्रधानमन्त्रीको निधन


जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । शुक्रबार बिहान निर्वाचन र्यालीलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार हुँदा निधन भएको हो ।

जापानको सरकारी संचारमाध्यमले उनको निधन भएको पुष्टि गरेका हो । नारा शहरको सडकमा आयोजना गरिएको निर्वाचनको सभामा भाषण गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो । ६७ वर्षिय आबेलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो । गोली लागेपछि बेहोस भएर लडेका उनको उपचारकै क्रममा निधन भएको छ ।

आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका पुरूषलार्इ पक्राउ गरिएको छ । तर अहिलेसम्म उनीमाथि किन गोली चलाइयो भन्ने पत्ता लाग्न सकेको छैन । आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए ।