दुई लघुवित्तसहित तीन कम्पनीले आईपीओ निष्काशन गर्ने


नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त सहित तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्था, अभियान लघुवित्त वित्तीय संस्था र सिक्लेस हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले धौलागिरी लघुवित्त वित्तीय संस्थालाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको हो । लघुवित्तले जारी पूँजी १० करोड ३१ लख रुपैयाँको ३२।१०५ प्रतिशत बराबरको साधारण शेयर निष्काशन गर्नेछ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । अभियान लघुवित्त वित्तीय संस्थालाई पनि आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । अभियानलाई बोर्डले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । यस्तै सिक्लेस हाइड्रोपावर लिमिटेडलाई पनि बोर्डले असार २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । सिक्लेसले आयोजना प्रभावित र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।