प्रचण्ड र चिनियाँ नेता लिउ जियानचाओ बीच भेटवार्ता


चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई उनकै निवास खुमलटारमा गएर जियानचाओले भेटेका हुन् । भेटमा नेपाल चीन सम्बन्धका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटघाट गरेका जियानचाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतसँग पनि भेट्ने कार्यक्रम छ ।

मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेर उनी बुधबार स्वदेश फर्किनेछन् । सीपीसीका विदेश विभाग प्रमुख जियानचाओ आइतबार बिहान काठमाडौं आएका थिए ।
चिनले नेपालमा अमेरिकी प्रभाव र कम्युनिष्ट दलहरुबीचको विभाजलाई निकै महत्वका साथ हेरेको छ ।