माओवादी केन्दका अध्यक्ष प्रचण्ड भारत जाँदै


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका नेताहरूसँग भेट गर्नेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसंग नेपालमा भेट गरेका अध्यक्ष प्रचण्डले भारत जान लाग्नुलाई नेपाली राजन्ीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।