काठमाडौं, असार ३२। राष्ट्रपति विद्यादेवी भण्डारीले एकै दिन १३ विधेयक प्रमाणीकरण गरेकी छिन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई आएका १३ विधेयक राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२०) बमोजिम प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा बजेटसम्बन्धी, लोकसेवा आयोगसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी, औषधिसम्बन्धी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी, रेल्वे सम्बन्धी र तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी हुन्। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै कानूनका रूपमा सक्रिय हुनेछ।