स्पेनमा गर्मीका कारण १० दिनमा ५ सय मानिसको मृत्यु


स्पेनमा अत्यधिक गर्मीका कारण १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस्तो जानकारी दिनुभएको हो ।

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।’, प्रधानमन्त्री सान्चेजले भन्नुभएको छ ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’

पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ