दिपेन्द्र रजक,रौतहट । बृन्दावन नगरपालिका(६ सिसवा धमौराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन २ गतेमा हत्या भएको पारिवारिक स्रोतले जनाएको हो ।
सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर ५ बलिरामपुरका आफन्तहरुले पत्रकार सम्मेलन गरी आफूहरुसँग पटकपटक दाइजो स्वरुप रकम माग्ने गरेको भन्दै दाइजोकै कारण हत्या भएको दाबी गरेका हुन् ।
सन्जुका आफन्तले ईलाका प्रहरी कार्यालय गरूडामा जाहेरी दिन खोज्दा लिन नमानेको पारिवारिक स्रोतले बताएको हो । जाहेरी लिन आनाकानी गरेको उनीहरूले बताएका छन् । प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेको भन्दै आफन्तले आक्रोश व्यक्त गरेका हुन् ।
सन्जुलाई ससुरा चन्देश्वर दास र पति रामाकान्त दासको मिलेमतोमा सासू शिभा देवि,देवर उमाकान्त दास,नन्द रन्जना दास,बडा ससुर विन्देशवर दासले साउन २ गते बेलुका दाइजोको कारण हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आरोप लगाउनु भयो
पीडित सन्जुको जातीय परम्परा अनुसार ०७९ साल असार ०६ गते मा विवाह भएकोमा आरोपितहरूले पटकपटक दाईजो नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको पिडित पक्षले जनाएको हो ।
सन्जुको बिहेमा केटा र केटी पक्षबिच दाईजोकै बिषयलाई लिएर विवाद भई कुटाकुटको घटना समेत भएको थियो ।
त्यहि राती माईते र ससुरा पक्षको मान्छेहरु एक आपसमा बिबाद सामाधान गरेर बिहे गराए । बिहे पछि केटि आफ्नो ससुरामा जादा केटिलाई त्यही दिन देखि ससुरा पक्षको माछेहरु बाकी दाईजोको पैसाको लागि यातना दिन थाले । केटिलाई तिनिहरु आफ्नो आमा बुबा संग फोनमा समेत कुरा गर्न न दिरहेको केटिको आमा बुबाहरुले पत्रकार समेलनमा दुख बताएका छ्न ।
बिहेको केही दिन बिते पछि केटिको ठूलो बहिनी बेहुलालाई फोन गरेर बात गराउनलाई गोहार गर्दा केटि संग कुरा गर्न दिए । हत्या भएको सावन २ गते लगभग बेलुका ६ बजेको करिबमा केटिको मोबाईलको ईमोमा फोन गर्दा केटि संग ससुरा पछको मान्छेहरु केटिलाई गाली दिएर फोन काटी दिए ।
तयस पछी केही घान्टामा सन्जुको ठुलो बहिनी फेरि ईमोमा फोन गर्दा त्याहा बाट एक जना फोन रिसिभ गर्दा मिर्तक केटि झुन्डियको अवास्थामा हेरे त्याहा बाट फोन उठाएको मान्छे फोन काटना खोज्दा फोन काटन आईरहेको थिएन । केही सकेनडमा आर्को मान्छे मोबाईल दिएर फोन काटी दिए । तयस पछि फोन गर्दा उठाउन सकेन ।
त्यस पछि मिर्तक सनजुको ठुलो बहिनी त्यही ईमोको भिडीयो देखेर आफ्नो घरको आमा बुबा र क्षरछिमेकिको बताए । त भाई हरुलाई पनि फोन गरेर भने । त्यस पछि केटाको मोबाईल र ससुराको आर्को मान्छेलाई सोधदा घाटनाको बारेमा केही बताएन । त्यहि बेला माईति पक्षको मान्छेहरु जादा छोरिलाई घरको बरान्डामा सुताएर राखेको थिए ।
दाईजो नदिएको रिसिबिलाई लिएर घटना गराएको हुन सक्ने स्थानीयहरूले आरोप लगाएका छन् ।
यस विषयमा ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि बरूण सिंह सँग बुझदा घटना भएको सत्य हो, पोस्टमार्टमको रिपोर्ट आउन बाकी रहेको र घटना बारेमा अनुसंधान भइरहेको बताए । रिपोर्ट आएपछि मुदालाई अगाडि बढाउने उनले बताए ।