पोखरामा राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम साउन १२ गते बाट १४ गते सम्म हुदैं


काठमाडौं, साउन ०६। लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम हुने भएको छ । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनकाे ७६ औ‌‌ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

आगामी साउन १२ गते देखि पोखरा सभागृहमा हुने प्रतियोगिता साउन १४ गते सम्म चल्ने प्रतिष्ठानका अध्यक्ष पूर्ण बहादुर गुरुङ ह्योल्मोले जानकारी दिनुभयो । प्रतियोगिताका लागि गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।

सन्चार्कर्मी पत्रकार भेटघाट कार्यक्रम को सभापतित्व कल्याण सेरचन प्रतिस्ठान का अध्यक्ष पुर्ण बहादुर गुरुङ ले गरेका थिए भने कार्यक्रम मा लोक दोहोरी गीत प्रतिस्ठान का केन्द्रिय अध्यक्ष रमेश बि जि ,कलाकार कल्याणकारी कोष का अध्यक्ष दुर्गा रायमाझी ,पुर्ब अध्यक्ष चन्द्र शर्मा,प्रतिस्ठान का बरिस्ठ उपाध्यक्ष रिता थापा मगर,उपाध्यक्ष दिपक खड्का ,राधिका हमाल ,इन्द्रेणी समाज का अध्यक्ष कृष्ण कडेल ,प्रतिमा कडेल,सन्चार्कर्मी नेपालका उपाध्यक्ष चन्द्र मणि गौतम ,बरिस्ठ सन्चार्कर्मी भरत बम्जन ,पत्रकार कमल सरगम,कलाकार ईश्वरी भुसाल लागायत को उपस्थिति रहेको कार्यक्रम को सन्चालन कल्याण शेरचन प्रतिस्ठान का सचिब एबम दोहोरी कार्यक्रम का सम्योजक जीवन दाहाल ले गर्नु भएको थियो सो कार्यक्रम को मिडिया सम्योजन राज कुमार रायमाझी ले गर्नु भएको थियो। प्रतियोगितामा प्रथम हुनेलाई ६ लाख, द्धितिय हुनेलाई ४ लाख रुपैयाँ, तृतीय हुनेलाई २ लाख रुपैयाँ र सान्त्वना हुनेलाई १ लाख रुपैयाँ नगद रहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो।