काठमाडौं, साउन ०९।
यमन पौड्याल । समथल भू–भाग खेती योग्य फाँट रौतहटमा प्रयाप्त सिंचार्ईको अभाव हुदाँ अझै धेरै खेतहरु बाँझै छन् । साउन महिनामा समेत सुख्खा मौसमले गर्दा हरियारी बन्नु पर्ने फाँटहरु सुकाटाट परेको छ ।
केही स्थानमा असारमै केही खेत रोपिएको छ । केही खेतहरुमा मोटरबाट पानी तानी खेत रोपेपनि चिराचिरा फरेर धाजा फाटेको छ । यता केही फाँटहरुमा खेत रोप्नको लाति तयारी अवस्थामा रहेका भएपनि हप्तैसम्म आकाशे पानी नपरेका कारण उर्भर भूमि खुरीखण्ड बनेको छ ।
रौतहट जिल्लाका मौलापुर, कटहरिया, देवाही गोनाही, बोधिमाई नगरपालिका लगायतका फाँटहरु पानीका कारण टाटेपानी बनेका छन् । भने रोपीएका खेतमा समेत मलको अभाव भएको कृषिहरुको गुनासो छ ।
तुलनात्मक रुपमा मौलापुर नगरपालिकामा कृषको हितलाई ध्यानमा राखी विभिन्न स्थानमा ट्युव बेला सिंचाई प्रविधि अपनाएकाले सिंचाईमा सहजता भएको छ ।