काठमाडौं, साउन १०। वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ खर्च भएको छ। निर्वाचनका लागि सरकारबाट प्राप्त रकममध्ये ३ अर्ब ६ लाख ९६ हजार १२४ सरकारलाई नै फिर्ता भएको प्रवक्ता शालिग्राम शर्मा पौडेल बताए।
उनले निर्वाचनको लागि सरकारबाट ८ अर्ब ११ करोड, आयोग सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १ सय २९, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ रकम प्राप्त गरेको बताए। उनका अनुसार गृहमन्त्रालयबाट मतपेटिका ढुवानीमा ४ करोड २३ लाख र सञ्चार मन्त्रालयबाट १ करोड ४५ लाख खर्च भएको छ।