रौतहटको मौलापुर नगरपालिकामा बसपार्क निर्माण


स्मार्ट सिटीको रुपमा विकास भैरहेको रौतहटको मौलापुर नगरपाकिामा ऐतिहासिक संरचनाको रुपमा निर्मित बसपार्क निर्माण भएको छ । पूर्वमन्त्री प्रभुु साहको पहलमा निर्माण भएको बर्सपार्क निर्माण भएको छिटो समयर्म निर्माण सम्पन्न भएको हो ।

यस अत्याधुनिक बसपार्कले स्थानीय क्षेत्र र लामो दुरीको चल्ने सवारी साधनको पार्किङ तथा यात्रुका लागि सहजता प्रदान गर्नेछ । साढे चार विघा क्षेत्रफलमा अत्याधुनिक डिजाइनमा बनाइएको बसपार्क मधेश प्रदेशकै सबैभन्दा व्यवस्थित एवम् एक नमुना बसपार्कको रुपमा रहेको छ ।

नवनिर्मित बसपार्क मौलापुरको मात्र नभई सिंगो रौतहट जिल्लाको विकासमा एउटा कोशेढुंगाको रुपमा सावित भएको छ ।