राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता सुरु, ४८ टिम सहभागी


काठमाडौं, साउन १२। कलाकार कल्याण शेरचनको ७६ औं जन्मजयन्तिको अवसरमा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्द्रेणी कार्यक्रम – २०७९ आजबाट पोखराको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको सुरु भएको हो । आजदेखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४६ समूह सहभागी भएका छन् । “लोक संस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं” भन्ने मुख्य नाराका साथ प्रतियोगिता सुरु गरिएको छ ।

नेपाली लोकबाजाहरुको संरक्षण र संम्बद्र्धन गर्न र लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्ने पवित्र गर्ने आयोजकको लक्ष्य रहेको छ । कार्यक्रमका सहकार्य गर्ने संस्थाहरु गण्डकी प्रज्ञा–प्रतिष्ठान, पोखरा प्रज्ञा–प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र, मातहतका प्रदेश, समन्वय र जिल्ला शाखाहरु, इन्द्रेणी साँस्कृतिक समाज, काठमाण्डौं र हिमाली साँस्कृतिक परिवार पोखरा रहेका छन् । कार्यक्रमको प्रवद्र्धन पोखरा महानगरपालिकाले गरेको छ ।