राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितीहरुबीच प्रतिस्पर्धा सुरु


खुल्ला दोहोरीगीत प्रतियोगिताको सुरुवात डालीमा दोहोरी साँझ सुन्धारा र दोहोरीगीत प्रतिष्ठान चितवन बीच प्रतिस्पर्धा भएको छ । डालीमा दोहोरी साँझ सुन्धाराबाट सुुरेन्द्र मगर र सुुष्मा ठकुरी छन । यता दोहोरीगीत प्रतिष्ठान चितवनको तर्फबाट राज लामिछाने र मनिता विक रहेका छन् । दोस्रो प्रतियोगिको रुपमा आँधीखोला दोहोरी साँझ पोखराको तर्फबाट शन्तराज विक र डाँडाघरे रोधि घर काठमाडौंबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न जिल्ला र समूहहरु गरी ४८ समूह सहभागी हुने छन् । लोक दोहोरीका क्षेत्रमा चलनचल्तीमा रहेका ८३ वटा भा का लय र शव्दमा दोहोरीगीत प्रस्तुत गर्न सकिने छ ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले प्रतियोगिताका आयोजना गरेको हो । साउन १२ गते देखि पोखरा सभागृहमा सुरु भएको छ ।

राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा प्रथम हुने समुहलाई ६ लाख, द्वितीय हुने समुहलाई ४ लाख, तृतीय समुहलाई २ लाख, सान्त्वना समुहलाई १ लाख, उत्कृष्ट गायक गायिकालाई ५०\५० हजार र अनुशासित समुहलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । कार्यक्रममा कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पूर्ण बहादुर गुरुङ ह्योल्मोले शेरचनले लोक दोहोरी गितलाई जिवन्त बनाउन उनको लक्ष्यलाई निरन्तरता दिएको जनाएका छन् । उत्कृष्ठ कला प्रस्तुत गर्ने समूहलाई यूके र हंङकङ भ्रमणको समेत व्यवस्था गरिएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।