राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा सबै महानगरपालिका प्रमुखको सहभागिता


काठमाडौं, साउन १३। पोखरामा जारी राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा सबै महानगरपालिका प्रमुख र उपप्रमुखहरुको सहभागिता भएका छ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेन, भरतपुर महानगरपालिकाकी प्रमुख रेणुु दाहाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबुु मर्हजन, विराटनगर महानगरपालिकाका प्रमुख नगेन्द्र कोइराला, विरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह र पोखरा महानगरपालिका प्रमुुख धनराज आचार्यले संयुक्त रुपमा कार्यक्रममा सहभागी भई कलाकारको प्रस्तुती हेरेका हुुन ।

कार्यक्रममा ६ वटै महानगरपालिका नगर उपप्रमुख, कास्कीका गाँउ पालिकाका अध्यक्ष तथा उपाध्यक्ष, वडाका जनप्रतिनिधिहरु सहभागी भएका छन् । यस्तै कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिृकत तथा कर्मचारीहरुको समेत सहभागिता रहेको छ । सबै महानगरपालिकाले पोखरामा भावी रणनीति र योजनाका बारेमा विस्कृतमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले कार्यक्रम पोखराका राष्ट्रिय सभागृह खर्चाखच भरिएको छ । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिम सहभागी छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।