बाख्रा गोठालो देखि म्युजिक भिडियोसम्म : लोकप्रिय गायक युबराज चौलागाईको तीज गीत सार्वजनिक (भिडियोसहित)


यमन पौड्याल । लोक प्रिय गायक तथा सर्जक युबराज चौलागाईको तीजको म्युजिक भिडियो नाच्नेले नाचम है सार्वजनिक भएको छ । मोडल समेत रहेका चौलागाईको लभ्ली पाराको म्युजिक भिडियो गितको अपार सफलतासंगै फेरी तीजको चर्चित गीत सार्वजनिक भएको हो । तीजको नाच्नेले नाचम है भिडियो इन्द्रेणी डटकम युटूूव च्यानलबाट प्रसारण भएको छ । यो गीतको लय युवराज चौलागाई, शब्द नबराज गौतम, गायक गायिकाहरुमा चौलागाई, गौतम, सविता ढुंगाना र संगिता अधिकारी छन् । भिडियोको अभिनयमा नबराज गौतम र अनु पराजुरी मुख्य भूमिकामा छन् ।

यो भिडियो राजधानीका विभिन्न धार्मिक, सांस्कृतिक, तथा ऐतिहासिक क्षेत्रहरुलाई समेटेर तयार गरिएको छ । भिडियोमा परम्परागत मौलिक र समय सान्र्दभिक शब्द, लय एवम् भेषभूषालाई समेत निकै प्राथमिकतामा राखी गीत तयार पारिएको छ । दर्जनौ तिजका गीत सार्वजनिक भैरहेको समयमा नाच्नेले नाचम है बोलको गीतले आम दर्शक र स्रोताको मन जित्न सफल हुर्ने विश्वास गरेका छन् ।

कयौं गीत तथा म्युुजिक भिडियोमा अभिनय गरिसकेका युबराज चौलागाईले दुई महिनाकै अवधिमा लभ्ली पाराको गीत संगै तीजको गीत सार्वजनिक गरेका हुन । गायकले सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणीमा हुने प्रत्यक्ष दोहोरीको प्रस्तुती र नृत्यमा विश्वभरका नेपाली भाषीहरुको मनमुटुमा बस्न सफल भएका छन् ।
नेपाली लोक संस्कृतिको संरक्षण गर्नकै लागि हरेक चार्डपर्वलाई लक्षित गरि मौलिकतामा आधारित गीतहरु प्रस्तुत गर्दै आएका छन् । उनका चर्चित गीतहरुमा गाँउको विकास गर्ने भए गाँउ फर्किनुपर्छ …बाच्दिन जस्तो छ ….दशैं गित, लाइदेउ माया हेनसमलाई …जस्ता धेरै गीतहरु चर्चामा छन् ।

तीन वर्ष देखि लगातार रुपमा इन्द्रेणी कार्यक्रममा विभिन्न भूमिका मार्फत सहकार्य गरिरहेका चौलागाईसंग मुलुकका अधिकाश जिल्लाहरु भ्रमण गरेको अनुुभव छ । गाँउ डाँडा पाँखामा जाँदा समाजमा देखेका र भोगेका विषयहरुलाई आफ्नो गीत मार्फत प्रस्तुत गर्ने गर्दछन् । ग्रामीण परिभेषमै जन्मे हुुर्केका चौलागाई हजुर बुवा अगन्धर चौलागाई, बुवा मिनप्रसाद चौलागाई र आमा स्वर्गीय गंगामाया चौलागाईका जेष्ठ सुपुुत्रको रुपमा काभ्रेको चौरी देउराली वडा नम्बर ७ विङथलीमा साढे दुुई दर्शक पहिला जन्मिएका हुन ।

बाल्यकालमै आमाको माया र काख गुमाएका काभ्रेका डाँडा पाखा अनि खोला खोल्सा एवम् मेलापात हुर्दै हजुरबुवा, स्वर्गीय हजुर आमा र फूपुु हजुर आमाको मायाबाट गाँउमै हुर्किए । आमा विनाको जिवन विताएका उनी बाल्यकालमा अधिकास समय घाँस दाउरा र बाख्रो गोठामै वित्यो । तर पनि आफ्नो संघर्ष र लक्ष्यलाई उनकी आमाको माया र साथ पाउन नसकेपनि सयौं आमाहरुको सपना र लक्षयलाई पुरा गर्न समाजका दर्जनौ अग्निपरिक्षा लाई पार गर्दै आफ्नै जीवनको पटक–पटक परिक्षा दिए ।

उनी ती कठिन परिक्षाहरुलाई आफैले परिक्षण गर्दै दुनियाँको नजरमा सफल हुर्दै गए । टुहुरो जीवन विताएका चौलागाई सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कलाकारको रुपमा पहिचान बनाइए सकेका छन् । ग्रामीण परिभेष हुुर्दै शहरमा प्रवेश गरेका चौलागाई जीवनमा अनेक आरोह अवरोहका घुम्तिहरु पार गरी लोक गीतको क्षेत्रका साथै समाज सेवालाई अहिले पहिलो कर्म थलो बनाएका छन् ।

नाच्नेले नाचम है तीजको गीत सार्वजनिक हुने समयमा कल्याण शेरचनको ७६ औं जन्मोत्समा राष्ट्रिय खुल्ला लोकदोहोरी गीत प्रतियोगिता पोखरामा पक्तिकारसंग कुरा गर्ने क्रममा आफ्ना जीवनका भोगाईहरुलाई वर्तमान परिवेशमा खुुलेर सार्वजनिक गर्न नचाहे पनि उनका आँखा र अनुहारले बताइरहेको थियो, जीवनमा दुःख, कष्ठ, सघर्ष, अभाव, माया अनि उचित सामाजिक र पारिवारिक रुपमा हेराई कहाँ नेर कस्तो पाए भन्ने बारेमा ।

युुवा गायक तथा कलाकार चौलागाईले निकै ठूलो मेहनत र कष्ठका साथ सर्वहारा वर्गको स्तरबाट सहरका घुम्ती र मोडलाई अवसरका रुपमा रुपान्तरण गरी दैनिक जिवनलाई भने अहिले सन्तोष जनक बनाएका कलाकार हुन चौलागाई । यो गित सार्वजनिकसंगै अझै केही गीत तथा म्युुजिक भिडियोको तयारीका क्रममा समेत रहेका छन् ।