पोखरामा इन्द्रेणी कार्यक्रम मार्फत पर्वतकी मृगौला पीडितलाई २० लाख भन्दा बढि आर्थिक सहयोग


काठमाडौं, साउन १४। पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्बर २ खुुर्कोटकी मृर्गौला पीडितलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत आर्थिक सहयोग संकलन भएको छ । पोखरमा दुबै मृगौला पिडित फेल भएकी जुनाकुमारी रेग्मी बचाउ अभियानबाट संकलन भएको रकम पीडितलाई हस्तान्तरण भएको हो । अमेरिका, कोरिया, कतार लगायतका विभिन्न मुलुकबाट नेपालीहरुले सकलन गरेको रकम फाउण्डेशनमा अध्यक्ष कृष्ण कंडेल मार्फत पोखराको मिड टाउन होटलमा हस्तान्तरण गरेका हुन ।

सहयोगी मनहरुले संकलन गर्नु भएको रकम २० लाख २९ हजार ९ सय २५ रुपैयाँ इन्द्रेणी मार्फत हस्तान्तरण हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा लोक दोहोरी गायिक तथा समाजसेवी पार्वती विसी लगायतका कलाकारहरु सहभागि भएका थिए । राष्ट्यि खुल्ला दोहोरी गित प्रतियोगितामा लागि पोखरा रहेको इन्द्रेणी कार्यक्रम मार्फत सहयोग आदानप्रदान गर्ने क्रम जारी नै रहेको छ । साथै इन्देणीले प्रतियोगितामा विभिन्न प्रस्तुतीहरु समेत राख्दै आएको छ ।