पोखरामा जारी खुल्ला राष्ट्रिय दोहोरीगीत प्रतियोगिता दोस्रो चरणमा प्रवेश


लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रम तेस्रो दिनपनि जारी छ ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले कार्यक्रम आयोजना गरेको प्रतियोगिताका सहभागीहरु बीच दोस्रो चरणको प्रतियोगिता सुरु भएको हो । दोस्रो चरणमा ३२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । साउन १२ गते देखि पोखरा सभागृहमा हुने प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिम सहभागी छन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठा, पोखरा प्रज्ञा–प्रतिष्ठान राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्र मातहतका प्रदेश, र जिल्ला शाखाहरु, इन्द्रेणी सांस्कृतिक समाज, काठमाण्डौ र हिमाली साँस्कृतिक परिवार, पोखरा लगायतको सहकार्य रहेको छ ।