काठमाडौं, साउन १५। (अपडेट) खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ ।
खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ । त्यहाँ अहिलेसम्म बिजुली नियमित छ । क्षतिको थप विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।