पोखरामा ४६ जना मृगौला पिडित गरि अन्य १०० भन्दा धेरै पिडितहरुलाई सहयोग हस्तान्तरण


काठमाडौं, साउन १५। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न समस्यामा परेका बिरामीहरुलाई पोखरामा सहयोग हस्तान्तरण गरेको छ । फाण्डेशनमा अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्याक्रम मार्फत मृगौला पिडित ४६ जना, क्यान्सर पिडित, अपाङ, असक्त, दिर्घरोगी, अनाथ बालबालिका लगायत बिभिन्न एक सय भन्दा धेरै ब्यक्तीहरुलाई रु ८ लाख भन्दा बढि सहयोग रकम हस्तान्तरण गर्नु भएको छ ।

आर्थिक अवस्था कम्जोर भई उपचारमा समस्या भएकाहरुलाई आर्थिक सहयोग गरेका हुन । लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रमका बिच सहयोग हस्तान्तरण गर्नु भएको छ ।