पोखरामा जारी राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिताका ८ समूह सेमिफाइनलमा प्रवेश


लोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा र स्रष्टा सम्मान एवंम इन्द्रेणी कार्यक्रममा ८ समूह सेमिफाईनलमा प्रवेश गरेका छन् । १२ गतेबाट जारी प्रतियोगितामा आइतबार रातीसम्म भएको खेलमा ८ समूह सेमिफाइनलका लागि विजेता भएका हुन । यसरी विजयी हुने समूहमा धौलागिरी दोहोरी साँझ ओसाका क, गाँउशहर दोहोरी साँझ पोखरा, नेप्को रोधीघर अष्ट्लिया सेमिफाइनलमा प्रवेश गरेका हुन ।

त्यसै गरी जुनकिरी रोधीघर काठमाडौं, दोहोरी गीत प्रतिष्ठान लम्जड ख दरबार दोहोरी साँझ ख र ग सेमिफाइनलमा प्रवेश गरेका हुन । यसैगरी दोहोरी प्रतिष्ठान गण्डकी र नगरकोट दोहोरी साँझ बराबरी भएपछि पुुनः सोमबारमा दुुई समूहबीच प्रतिस्पर्धा हुने छ ।

लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औ जन्मजयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले कार्यक्रम आयोजना गरेको प्रतियोगिताका सहभागीहरु बीच तेस्रो चरणको प्रतियोगिता पुरा भएको हो । तेस्रो चरणमा १६ समूह प्रतिस्पर्धिा थिए । साउन १२ गते देखि पोखरा सभागृहमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा सहभागिताका लागि विभिन्न जिल्ला र समूहबाट गरी ४८ टिमले भाग लिएका हुन ।

विजेतालाई प्रथम, द्धितिय, तृतीय, शान्त्वना र उत्कृष्ठसहित क्रमशः ६ लाख, ४ लाख, २ लाख र तीन समूहलाई ५० हजार रुपैयाँ नगद पुुरस्कार वितरण गरिने छ । यता सहभागी समूह मध्येका २ टोलीलाई बेलायत र हंकन भ्रमणको अवसर दिने भएको छ । प्रतियोगितामा इन्द्रेणी कार्यक्रमले विभिन्न प्रस्तुतीहरु समेत दिदै आएको छ ।