नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको परकम्प


काठमाडौं, साउन २१। काठमाडौंमा शनिबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसको धक्का राजधानी काठमाडौंसहित आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो । बिहानै आएको भूकम्पका कारण मानिसहरु डराएका छन् । कतिपय मानिसहरु घरभन्दा बाहिरसमेत निस्केका थिए । यसअघि एकसाता अघि मात्रै खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्नेच्यटको भूकम्प आएको थियो ।