टोकियोमा ओर्लिए प्रचण्ड, आइतबार हिरोसिमा भ्रमण गर्ने


काठमाडौं, साउन २१। सत्त्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड पाँच दिने जापान भ्रमणका लागि शुक्रबार साँझ उडेका थिए । उनी शनिबार बिहान राजधानी टोकियो पुगेका हुन् । जापानस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले नारिता अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा प्रचण्ड जापान उडेका हुन् । उनले भ्रमणका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यातालिका रहेको छ । उनको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले शनिबार जापानको फुकुओकामा आयोजना हुने ‘नेपाल फेस्टिभल’को समुद्घाटन गर्ने कार्यक्रम छ । त्यस्तैगरी आइतबार हिरोसिमाको भ्रमण गर्नेछन् । हिरोसिमा घटना भएको शनिबार ७५ बर्ष पूरा हुँदैछ । त्यस्तैगरी अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम पनि रहेको छ । यसका साथै उनी जापानका आयोजना हुने विभिन्न कार्यक्रममा समेत सामेल हुने जनाइएको छ ।