राजनीतिमा अझै धेरै परीक्षण गर्न बाँकी : डा. बाबुराम भट्टराई


जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा आफूहरुले दुई÷तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको बताए ।नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने धारणा राखे ।

‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबट गुज्रेर मात्र पुष्टि हुन्छ । दुई÷तीनवटा प्रयोग त हामीले ग¥यौं, तर त्यसले मात्र हामीले खोजेको जस्तो परिणाम दिइराखेको छैन’ भट्टराईले भने, ‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ । त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ । यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं ।’ भट्टराईले आफूहरुले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताएका छन् ।

‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ’ उनले भने । भट्टराईले सजिलो बाटो त जो पनि हिँड्न सक्ने भन्दै समस्या समाधानका लागि अप्ठेरो बाटो हिँड्नुपर्ने बताए । ‘सजिलो बाटो त जो पनि हिँड्छ । समस्याहरुको समाधानका लागि असजलो बाटो हिँड्ने हिम्मत र साहस गर्नुपर्छ । हामीले हिम्मत र साहस गरेका छौं, त्यो धेरै कठिन देखिन सक्छ ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले जनता समाजवादी पार्टीलाई रुपान्तरण गर्ने आफूहरुको प्रयास असफल भएको बताए । जसपा पुरानै र क्षेत्रीय पार्टी नै बन्न चाहेको बताए । ‘त्यहाँ परिस्थिति यस्तो सिर्जना भयो, जो नेतृत्वमा रहेका मानिसहरु थिए उनीहरु जातिगत, क्षेत्रगत संकीर्णता भन्दा माथि उठेर जान चाहेनन्’ भट्टराईले भने । उनले अघि भने, ‘अब जनता समजवादी पार्टी यस्तो क्षत्रीय पार्टीमा, संकीर्ण दलमा रुपान्तरण र पतन भएको छ । उसले वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन ।’