मधेशमा विकासप्रेमी नेता प्रभु साहको बढ्दो प्रभाव, गौरका पूर्वमेयर गुप्तासहित ६ हजार कार्यकर्ता एमालेमा प्रवेश


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारमा छिमेकी मुलुक भारतसँग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन । रौतहटको गौरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएका हुन ।

हरेक बर्ष बर्षाका समयमा गौरलगायत सीमा क्षेत्र डुबान पर्दै आएको अवस्थामा यो सरकारले भारतसँग दोहोरो संवाद गरेर सीमा क्षेत्रको ड्याम हटाउन नसक्ने उनले बताए । एमालेका अध्यक्ष ओलीले तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउँदा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको तथ्य खोल्नुभयो ।

‘भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भूभाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा समाधान गर्न पहल गर्ने थिएँ तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेको ओलीले सुनाए ।

अध्यक्ष ओलीले एमाले भ्रष्टाचारी, षड्यन्त्रकारी र देश विगार्नेको पार्टी नभएको भन्दै एमाले भ्रष्टाचारीलाई निरुत्साहित गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्व गरेको बताए । अध्यक्ष ओलीले जबसम्म भ्रष्टाचारमा लिप्त भई जनताको खुन पसिना चुस्ने पार्टी रहिरहन्छ तवसम्म एमालेमा प्रवेश गर्नेहरुको लहर जारी रहने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले ‘कसले भन्छ एमालेको सरकार बन्दैन ?, आउँदो एक बर्षभित्रमा एमालेको सरकार बनाएर देखाउने छु ।’ मेरो नेतृत्वमा रहेको सरकारमा पछ्यौटेपन, भेदभाव, छुवाछुतलाई हटाएर समृद्धितर्फ अघि बढेको तर अहिलेको परमादेशी सरकार चरम भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले नेपाली जनताको इच्छा आकाँक्षाको घाँटी निमोठी रहदा पनि त्यस कार्यमा केही आफूलाई कम्युनिष्ट भनाउदाहरुको साँठगाठमा सो कुकृत्य जारी रहेको दाबी गरे ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतिकरण, कृषिको आधुनिकीकरण देखि लिएर विभिन्न योजनाहरुलाई विशेष प्राथमिकतामा दिएर संचालनमा राखेपनि एमालेको सरकार हटेपछि सो योजनाहरुलाई ओझेलमा पारिएको उहाँले बताउनु भयो । मदर्शा शिक्षालाई विशेष प्राथमिकतामा राखेर त्यसलाई राष्ट्रिय शिक्षा प्रणालीमा आवद्ध गराउने आफ्नो योजना पनि त्यतीकै रहेको उहाँले बताउनु भयो । उनले तराई मधेशका बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

गैर गौरका पूर्व मेयरसहित झण्डौ ६ हजार कार्यकर्ता एमाले प्रवेश

इता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका केन्द्रीय महासचिब तथा गौर नगरपालिकाको पूर्वमेयर अजयकुमार गुप्ताको नेतृत्वमा झण्डै ६ हजार नेता–कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।

गौरमा सोमका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सचिव रघुबीर महासेठ र स्थायी कमिटी सदस्य प्रभु साहले गुप्ता नेतृत्वको टोलीलाई एमाले भित्र्याएका हुन । कार्यक्रममा बोल्दै गुप्ताले आफनो २६ बर्षीय मधेशको राजनीति आजबाट फेरेको बताए ।

अन्य पार्टीहरु भन्दा नेकपा एमालेको देश बनाउने अभियान आफुलाई चित्त बुझेको कारण एमालेमा प्रवेश गरेको गुप्ताले बताए । गुप्तासहित लोसपाबाट संविधान सभा सदस्य चन्दन साह, नेपाली काँग्रेसको जिल्ला सचिव राजेश चौधरीसहित सातै हजार कार्यत्रता नेता कार्यकर्ताहरु सो पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेको नेकपा एमाले रौतहट जिल्ला कमिटी अध्यक्ष अमर साहले बताए ।

विकास प्रेमी युवा नेता प्रभु साहको निरन्तर पहलमा रौतहटलगायत मधेश प्रदेशमा विभिन्न जिल्लामा एमालेमा प्रवेश गर्ने लहर नै चलेको छ । साह रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन देखि हालसम्म निरन्तर भारी मतले जित हासिल गर्दै आएका छन् ।