स्थानीयले जलविद्युत आयोजना तोडफोड गरे


कम शेयर दिएको भन्दै स्थानीयबासीन्दाले सान्जेन जलविद्युत कम्पनीको आयोजना कार्यालय तोडफोड गरेका छन ।

रसुवा जिल्लाको गत्लाङका केही स्थानीयले शेयर कम बाँडफाँट गर्न लागेको भन्दै जलविद्युत आयोजनाको कार्यालय तोडफोड गरेका हुन्। शेयर बाँडफाँट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै उनीहरूले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन्।

५० जना जति स्थानीयहरु कार्यालयमा आएर कार्यालयको संरचनादेखि पार्किङ गरेको गाडी समेत तोडफोड गरेका हुन् ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेड आईपीओ निष्काशनको तयारीमा छ।

कम्पनीले योजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असोज ५ गतेदेखि कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ ।