भारतले साफ महिला च्याम्पियनसिप खेल्न नपाउने


काठमाडौं, साउन ३१। विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे ।

सन् २०१० देखि सुरु भएकाे महिला क्षेत्रीय प्रतियोगिता अहिलेसम्म भारतबाहेक अन्य देशले जित्न सकेका छैनन् । पाँचमध्ये चारपल्ट फाइनलमा उसले नेपाललाई पराजित गरेकाे थियाे । २०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपकाे पाँचाै संस्करण फाइनलमा भारतले नेपाललाई ३-१ गाेलले हराउँदै उपाधि जितेकाे थियाे । अल इन्डिया फुटबल फेडेरेसनमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले प्रतिबन्ध लगाएको हाे ‌। याेसँगै भारतले आगामी अक्टाेबरमा आयाेजना गर्न लागेकाे यू-१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने निश्चित भएको छ ।