३ पटक घटेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ । आयल निगमले आज पत्रकार सम्मेलन गरेर भारतबाट मूल्य घटेर आएपनि निगमलाई घाटा नै रहेकोले मूल्य नघटाउने निर्णय गरेको हो ।

निगमले अझै आयल निगमलाई २३ अर्ब तिर्न बाँकि रहेको जनाएको छ । भारतबाट मूल्य घटेर आएपनि निगम अझै घाटा मै रहेकोले मूल्य घटाउन नसकिएको निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले बताए । त्यस्तै उनले निगमले १० अर्ब निगमले ऋण तिर्न बांकी रहेको जनाए । उनका अनुसार नेपाल सरकारलाई ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकलाई ३ अर्ब ऋण तिर्न बाँकि छ । यस हिसाबमा निगमलाई अझै ३३ अर्ब आवश्यक रहेको उनको भनाई छ ।

निगमलाई भारतले आज पनि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार यस पटक पनि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।

भारतीय आयल कर्पोरेसन ९आईओसी०ले हरेक १५(१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । आज मंगलबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर ४ रुपैयाँ ८४ पैसा र पेट्रोल प्रतिलिटर १ रुपैयाँ ९४ पैसा घटेर आएको छ ।

अघिल्लो पटक साउन १६ गते पनि पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो । त्यस अघि साउन १ मा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो । ३ पटक मूल्य घटेर आउँदा पनि निगमले मूल्य नघटाएको हो ।

हाल नेपालमा पेट्रोल प्रति लिटर १८१ रुपैया, डिजेल र मट्टीतेल प्रति लिटर १७२ रुपैयाँ, र खान पकाउने ग्यास प्रति सिलिन्डर १८०० रुपैयाँमा बिक्रि भईरहेको छ ।