इन्द्रेणी फाउण्डेश मार्फत आर्थिक सहयोग


काठमाडौं, भदौ १।  कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्न्धीत व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार रहेको छ ।

सहयोग प्राप्त गर्ने व्यक्तिहरुको नाम ठेगाना, समस्या र रकम विवरण

१.दिपेश बहादुर परियार नुवाकोट ब्रेन टियुमर २५,०००।
२.विपिन देवकोटा कैलाली मृगौला फेल २५,०००।
३. तारा सुनार घोराही दाङ मृगौला फेल २०,०००।
४. गिता प्रसाद सापकोटा नुवाकोट अपाङ २५,०००।
५. सुभद्रा पौडेल निजको नाममा आएको रकम ३१,०००।
६. खिम विश्वकर्मा निजको नाममा आएको रकम ६५,०००।
७. धना परियार दैलेख आगोले जलेको ५,०००।
८. संगिता शिलवाल काभ्रे निजको नाममा आएको रकम ५,०००।
९. श्रीराम अधिकारी कास्की पोखरा निजको नाममा आएको रकम १०,०००।
१०. मान सिङ खड्का निजको नाम आएको रकम ७,१००।
११. दुर्गा विक निजको नाम आएको रकम २६,०००।
१२. पुजा वडारा सुर्खेत अनाथ निजको नाममा आएको रकम ५०,०००।
१३. सरगम खड्का सुर्खेत ५०,०००।
१४. सहविर पन्त सिन्धुली दुवै मृगौला फेल २५,०००।
१५. सुवास विकी सिन्धुपाल्चोक व्रेन टियुमर १५,०००।
१६. नरबहादुर खत्री म्याग्दी निजको नाममा आएको रकम अपाङ २०,२४५। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट १०,०००।
१७. निशान विक सुर्खेत कुपोषित अपाङ बच्चा निजको नाममा आएको रकम ५,०००। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट १०,०००।
१८. दाउत बुढा रुकुम घाटीमा प्वाल परेको निजको नाममा आएको रकम १३,९९८। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट गरी एकमुष्ठा रकम २०,०००।
१९. भक्तबहादुर वयक सुर्खेत निजको नाममा आएको रकम ३०,०००। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट ५,०००।
२०. केदार भट्ट धादिङ अपाङ निजको नाममा आएको रकम ३८,०००। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट २,०००।
२१. नेत्र दमाई बाजुरा निजको नाममा आएको रकम १५,०००।
२२. बलबहादुर रोक्का बाग्लुङ अपाङ निजको नाममा आएको रकम १५,०००।
२३. विनय जंग बस्नेत काठमाडौं वेवारिसे लास निजको नाममा आएको रकम १,२२,०००।
२४. मान बहादुर साउद मार्फत अछाम रामारोशनमा कैलाश खोला बाढी पिडित परिवारका लागि सहयोग हस्तान्तरण यस क्षेत्रमा आएको रकम १,५३,३५८।
२५.विष्णु विक मकवानपुर पेटमा पानी जमेको निजको नाममा आएको रकम १५,०००। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट १०,०००।
२६. गोपाल थापा दैलेख व्रेन टियुमर ३०,०००।
२७. अर्जुन अधिकारी पुतलीबजार स्याङजा मृगौला फेल २५,०००।
२८. नन्दा सिंह बालआश्रम निजको नाममा आएको रकम १,२८,१४६।
२९. विक्रम सुनार गोरर्खा स्पाइनल कर्डमा समस्या निजको नाममा आएको रकम ३१,६५५।
३०. नेपाल स्नेही काख निजको नाममा आएको रकम ३,२३,०२०।
३१. विनोद खड्का गुल्मी निजको नाममा आएको रकम ८,०००।
३२. कल्पना क्षेत्री बाग्लुङ निजको नाममा आएको रकम २०,०००। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट ५,०००।
३३. केदार श्रेष्ठ दोलखा मृगौला फेल ४५,०००।
३४. राम विक उदयपुर क्यानसर १०,०००।