बाँके केन्द्रबिन्दू भएर बिहानै भूकम्प, हल्लायो भारतको लखनाउसम्म


काठमाडौं, भदौ ४। बाँके केन्द्रबिन्दू भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लासहित भारतको लखनउ क्षेत्रसम्म महसुस भएको हो । रातिको समयमा भूकम्प आएपछि मानिसहरु त्रसित भएका थिए । नेपालमा २०७२ सालको महाभूकम्पपछि हजारौ पराकम्पहरु आइरहेको छ ।