काठमाडौं, भदौ ५। आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित हुने भएको छ। संसद सचिवायका स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो।
संसद सचिवालयका अनुसार काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो। गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो। भोलि बस्ने बैठकमा शोक प्रस्ताव पास हुने सचिवालयले जनाएको छ।