प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु ।’

उनले गिरिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा तथा ११ः३० देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लगिने नेपाली कांग्रेसले जनाएको छ ।