इन्द्रेणी कार्यक्रम मार्फत आर्थिक सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्न्धीत व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार रहेको छ ।

२०७९ साउन ५ गते विभिन्न संस्था तथा व्यक्तिहरुको नाममा प्राप्त रकम हस्तान्तरण विवरण

१ बलत्कारपछि हत्या गरिएकी स्वर्गीय भागरती भट्टको नाममा प्राप्त रकम निजका दाई यज्ञराज भट्ट बैतडीलाई १,१०,२१०। रुपैयां हस्तान्तरण ।
२ लोक बहादुर शाहीको नाममा प्राप्त २३,२३०। र कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट २०००। मृगौला फेल सिन्धुली ।
३ कुमारी रोका बाग्लुङ निजको नाममा आएको ४३,६३०। पेट फुलेको ।
४ राजकुमार शहनी धनुषा परिवार नै क्यान्सर १०,०००।
५ मिन प्रसाद आचार्य सिन्धुली निजको नाममा प्राप्त ३८,१०५। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट २,०००।
६ लक्ष्मी खड्का भक्तपुर निजको नाममा ५,०००। र कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट ५,०००।
७ सलेमान नेपाल सल्यान मृगौला फेल २५,०००।
८ सुर्जेन तामाङ धादिङ निजको नाममा प्राप्त १०,०००। र कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट ५,०००।
९ रिजन आचार्य बाजुरा निजको नाममा प्राप्त ६,०००। र कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट ४,०००।
१० पृथ्वी कार्की बैतडी निजको नाममा प्राप्त १०,०००। मोहनसिंह कार्की मार्फत हस्तान्तरण ।
११ शितल थापा सुर्खेत आन्द्रामा घाउ भएको २५,०००।
१२ अनिया बस्ती गोरर्खा दृष्टिविहिन १०,०००।
१३ लाल बहादुर विक बाजुरा दुर्घटनामा टाउको फुटेको २५,०००।

२०७९ साउन ३ गते भएको कार्यक्रममा हस्तान्तरण भएको रकमको विवरण
१ अमर दिप विसी पाल्पा रगत क्यान्सर ३०,०००।
२ लिला दसौदी रोल्पा निजको नाममा आएको १६,८००। कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट ४,०००।
३ आकाश विरही कान्छा रोल्पा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनबाट १७,०००। निजको नाममा ३,०००।
४ गणेश श्रेष्ठ गोरर्खा निजको नाममा १३,१००।
५ कियर बाल गृह कपन निजको नाममा प्राप्त रकम पुष्पा अधिकारी मार्फत ३७,०००।
६ हरिकाजी ढुंगाना खोटाङ निजको नाममा प्राप्त रकम ६६,३३६।
७ सुरेश कुमार बाँके निजको नाममा ४४,०००।
८पूर्णकला देवकोटा नवरपुर एकलमहिला वृद्धा १५,०००।
९ लेखनाथ पौडेल बागबजार अपाङ २०,०००।
१० जनिसरा थापा तनँहु क्यान्सर १०,०००।
११ अस्मिता भुजेल सिन्धुपाल्चोक मृगौला फेल २०,०००।
१२ कोपिला धामी बझाङ मृगौला फेल निजको नाममा प्राप्त ६०,०००।