सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक


आगामी निर्वाचनमा सिट बाँडफाँड गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ । सिट बाँडफाँड कार्यदलले काम पूरा गर्न नसकेपछि पाँच दलका शीर्ष नेताहरु आफैं बसेर त्यसबारे छलफल थालेका हुन् ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मंगलबार पनि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो तर सहमति हुन सकेको थिएन ।

 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँडका विषयमा गठबन्धनमा छलफल जारी रहेको बताए । ुहामी सिट बाँडफाँडका विषयमा छलफल गरिरहेका छौँ । विभिन्न प्रस्तावहरु आएका छन् । दलहरुको आ(आफ्नो चाहना छ,ु उनले भने, ुनेताहरुबीच छलफल जारी छ । हामी चाँडै निष्कर्षमा पुग्छौँ ।ु

गठबन्धनमा रहेका दलहरुबीच ०७४ र ०७९ को चुनावको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्ने सहमति भएपनि सख्याका विषयमा सहमति जुट्न सकेको छैन ।