एमाले स्थायी कमिटी बैठक


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ । केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए ।

उनका अनुसार, आजको बैठकमा आगामी चुनावबारे छलफल हुनेछ । एमालेले चरणबद्ध बैठक राखेको छ ।

९ भदौमा पोलिटब्यूरो, १० र ११ भदौमा केन्द्रीय कमिटी र १२ भदौमा निर्वाचन परिचालन कमिटीको बैठक बस्नेछ ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेकोे छ । एमालेका विरुद्ध सत्ता गढबन्धले मोर्चाबन्दी जारी नै राखेको छ । यत्ता सत्ता पक्षका नेताहरुका बीचमा समेत सिट बाँडफाँडमा निकै झमेला भएका कारण निष्र्कषमा पुग्न सकेको छैन ।