बनेपामा बन्दकर्ता र प्रहरीबीच घम्साघम्सी, केही पक्राउ


काठमाडौं, भदौ ७। काभ्रेको बनेपास्थित चारदोबाटोमा नेपाल प्रहरी र बन्दकर्ताबीच घम्साघम्सी परेको छ । विप्लव नेकपासहित चार कम्युनिस्ट पार्टीले आज (मगलबार) नेपाल बन्दको घोषणा गरेका छन् । बन्द गराउन सडकमा निस्किएका बन्दकर्ता र नेपाल प्रहरीबीच घम्साघम्सी भएपछि केहीबेर बनेपा तनावग्रस्त बनेको छ । केही बन्दकर्ता पक्राउ समेत परेका छन् ।

मंगलबार बिहानैदेखि उपत्यकालगायत देशका विभिन्न ठाउँमा बन्दको सामान्य प्रभाव देखिन थालेका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कणर्जितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन् ।