काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह बालेन दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।
दरबारमार्ग क्षेत्रमा सडकमै दुई लाइनसम्म पार्किङ गरिंदा सडकमा बाक्लो जाम हुने गरेको छ । महागरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचनामा डोजर लगाएको थियो । त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा महानगरपालिकाले डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन थालेको छ ।
दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका छन् ।
यस अघि नै ३५ दिने सूचना जारी गरी नियम कार्यान्वयन गर्न जानकारी सूचिकृत गरिसकेपछि पनि अटेर गर्ने घर भेटीहरुका अबैध संरचना हटाउने अभियानलाई कार्यान्वयन गर्न लागि परेका हुन । बानेश्वरका अधिकास नियमविपरित बनाइएका संरचना हटाई सकिएका छन् ।