राष्ट्रपतिले बोलाइन् आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारी


राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूलाई भेटका लागि बोलाएकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार भेटका लागि शीतल निवासमा बोलाएको सुरक्षा स्रोतले जनाएको छ । नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपतिका लागि सेनाको टुकडी परिचालन गर्ने गरिएको छ ।

 

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी भण्डारीले पछिल्लो समय अन्य विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई पनि भेट गरेकी छन् ।

उनी पहिलो पटक २०७२ कात्तिक १२ मा निर्वाचित भएकी थिइन् । त्यसैगरी दोस्रो पटक २०७४ फागुन २९ मा निर्वाचित भएकी हुन् ।

संसदबाट पारित गरेको नागरिकता विधेयक फिर्ता पठाएपछि प्रतिनिधिसभाले हुबहु पुनः अनुमोदन गरेपछि राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट रहँदै आएको स्रोतले जनाएका छन् । केही व्यक्तिहरुले नागरिकता विधेयकलाई राष्टपतिले प्रमाणिकरण गर्न नुहुने भन्दै बरु राजनीनामा दिएर आगामी निर्वाचनमा एमालेले सशक्त नारा बनाएर प्रचारमा जानुपर्ने सुुझाव समेत दिएका छन् । के गर्दा ठिक होला भन्ने विषयमा भण्डारीले छलफललाई तिव्रता दिएकी छन् ।