बाटो मिचेर पार्किङ गर्ने अल्फाबिटा कम्पेक्स बालेनको निशानामा


काठमाडौं, भदौ ९। बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध पार्किङ हटाउन काठमाडौँ महानगरका मेयर बालेन शाहले निर्देशन दिएका छन् । महानगरभित्रका अवैध संरचना हटाउन र भूमिगत पार्किङहरु व्यवीिथत गर्न अभियान नै सुरु गरेका बालेनले आज बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सको अनुगकमनमा गएका हुन् । सो क्रममा बालेनले कम्प्लेक्सका मालिकसँग नक्सा मागेपछि उनले दिन नसक्दा मेयर बालेन आक्रोशित भए ।

केहीबेर चर्काचर्की नै परेपछि बालेनले तत्कालै अवैध संरचना रहेको सटर तत्कालै झार्न अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्मालाई निर्देशन दिए । तर शर्माले पनि बालेनलाई डनजस्तो शैली नदेखाउन चेतावनी दिएका छन् । काठमडौँ महानगरले यसअघि नै ३५ दिने सूचना निकालेर नक्साविना बनेका सबै अवैध संरचना हटाउन र भूमिगत पार्किङको अनुमति लिएर व्यापारिक प्रयोजनमा भाडामा लगाइएका ठाउँ खाली गर्न भनेको थियो । तर घरधनीहरूले अटेर गरेपछि बालेन स्वयं एक्सनमा आएका छन् । अहिले डाेजर लगाएर विभिन्न ठाउँमा अवैध संरचना भत्काइँदै छ ।