हर्क साम्पाङकाे निम्ताे मान्न प्रचण्ड धरानमा


काठमाडौं, भदौ १०। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकामा बिरुवा रोप्नुभएको छ । धरानको ओसो पार्कमा भएको वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी हुनुभएको हो । दुई हप्ताअघि काठमाण्डौ आएको बेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रचण्डलाई भेटेर श्रमदानका लागि निम्तो गर्नुभएको थियो ।

साम्पाङलाई श्रमदान गर्न आउने वचन दिनुभएका प्रचण्ड आज धरान पुगेर बिरुवा रोप्नुभएको उहाँकाे सचिवालयले जनाएको छ । वृक्षरोपण गर्दै प्रचण्डले कम्युनिस्टहरू र खासगरी माओवादीले गर्नुपर्ने काम मेयर साम्पाङले गरिरहेको बताउनुभयो । उहाँले आफूले रोपेको बिरुवा प्रगतिशील गीतकार जेबी टुहुरेप्रति समर्पण गर्ने बताउनुभयो । आज टुहुरेको स्मृति दिवस हो ।