इन्द्रेणीलाई बुद्धको मूर्ति हस्तान्तरण


काठमाडौं, भदौ ११। इन्द्रेणी स्टुडियो परिसरमा बुद्धको मुर्ति प्राणप्रतिष्ठासहित महापरित्राण पाठ वाचन गरिएको छ । बुद्ध शान्त पार्क निर्माण समितिले स्थापनाको चरण देखि मुलुकका विभिन्न भूुभागमा बुद्धको पजित्र मूुर्ति स्थापना गर्दै आएको छ । यसै अवसरमा इन्द्रेणी कार्यक्रमको परिषरमा समेत निकै आर्कषक मुर्ति स्थापना गरिएको संस्थाका अध्यक्ष शान्तबहादुर शाक्यले जनाएका छन् ।

भगवान बुद्धको स्मृतिमाा विश्व कल्याणहेतु नवरपरासीमा बुद्ध शान्त पार्क निर्माण गर्ने अभिभावक संस्था हो । प्रतिष्ठा गरिएको मुर्तिको अनावरणका लागि पूर्व सहकरी विकास राज्यमन्त्री रामविर मान्नधर, काठमाडौं महानगरपालिकाकी उमपेयर सुनिता डंगोल, वरिष्ठ कलाकार तथा इन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कंडेल र अध्यक्ष शाक्यको गरिमामय विशेष उपसिथतिमा भएको हो । कार्यक्रममा विभिन्न क्षेत्रका महानुभावहरुको समेत सहभागिता रहेको थियो ।